‘मिसेस ग्लोबल नेपाल २०१८’ दुर्गा पौडेल

मिसेस ग्लोबल नेपाल २०१८ को उपाधि दुर्गा पौडेलले प्राप्त गरेकी छन् । अन्य १६ प्रतिस्पर्धीलाई पछि पार्दै जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना भएको कार्यक्रममा उनले उपाधि चुमेकी हुन्। उनले उपाधिका साथै मस्ट कन्फ़िडेन्सको सबटाईटल समेत प्राप्त गर्न सफल भइन् ।

त्यस्तै मिसेस ग्लोबल नेपाल २०१८ को फस्ट रनरअप लिलादेवी निरौला बनिन् । उनले उपाधिका साथसाथै बेस्ट ट्यालेन्ट र मिसेस पब्लिक चोईसको टाईटल समेत प्राप्त गरिन् । त्यस्तै सिसम कार्कीले सेकेन्ड रनरअपको उपाधि संगै मस्ट इन्टेलिजेन्ट तथा मस्ट पपुलरको टाईटल समेत प्राप्त गरिन् । थर्ड रनरअपमा भने राधिका रेग्मी घोषित भईन् । उनले उपाधिसंगै मस्ट अट्राक्टिभको टाईटल प्राप्त गरिन् ।

प्रतियोगिताका अन्य टाइटलहरुमा बेस्ट फोटोजेनिक तथा बेस्ट ड्रेसमा सुनु घले, मस्ट एक्टिभ बिपास्ना  बस्नेत, बेस्ट कम्प्लेक्सन उषा गुरुङ, बेस्ट पर्सनालिटी दुर्गा थापा मगर, बेस्ट स्माईल प्रमिला थापा मगर, मस्ट स्मार्ट ज्योति भट्ट, बेस्ट डिसिप्लिन उनिका थापा खड्का, मस्ट चार्मिंग संगम्ता चपाईं, मस्ट पंचुअल सोभा तामाङ्ग, मस्ट ईनर्जेटिक मनिषा सिग्देल र मस्ट डेलिजेन्ट रुपा अर्याल सापकोटाले प्राप्त गरे।

अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगिताको प्रमुख निर्णायकमा नायक प्रकाश अधिकारी थिए। त्यस्तै अन्य निर्णायकहरूमा मोडल, संचारकर्मी तथा नायक रिजन थापा, मिसेस नेपाल आईडल बिजेता सृजना श्रेष्ठ, र गायिका सुनिता सुब्बा प्रधान थिए । आयोजक संस्था अमाजोन इन्टरटेन्मेन्टका निर्देशक कमल खतिवडाले विवाहित नारीमा हुने अन्तर्निहित प्रतिभालाई बाहिर ल्याई पेसा र समाजप्रति र नारी चेतना थप जिम्मेवार एवं उत्तरदायी बनाउन प्रतियोगिता आयोजना गरिएको बताए। यस प्रतियोगिताका लागि कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिईन् ।