मिसेस इन्टरनेशनलमा नेपाली बिजेता

विवाहित महिलाहरुबीच सिंगापुरमा सम्पन्न अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस इन्टरनेशनल २०१९ मा नेपालको तर्फबाट प्रनिधित्व गरेका सहभागीले उपाधि चुमेका छन् । टिकेएस एण्ड सन्स, सिंगापुरद्धारा आर्किड कन्ट्री क्लबमा आयोजित मिसेस इन्टरनेशल २०१९ मा यस वर्ष रिवन इन्टरटेनमेन्टद्वारा केहीअघि राजधानीमा आयोजित मिसेस नेपाल इन्टरनेशनल २०१९ की सेकेण्ड रनर्सअप स्नेहा राउत थापाले नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

मिसेस इन्टरनेशनल २०१९ की विजेता भाविषा कोइराला चटौतको सवारी दुर्घटनामा परी खुट्टाको मासु च्यातिएकाले यस वर्ष उनी यो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुन नसक्ने भएपछि रिवन इन्टरटेनमेन्टले सेकेण्ड रनर्सअप स्नेहालाई नेपालबाट सहभागी गराएको हो । त्यसै गरी रिवन इन्टरटेनमेन्टकै पहलमा दक्ष इन्टरटेनमेन्टद्वारा आयोजित मिसेस व्युटीफुल नेपाल २०१८ की विजेता संगीता न्योपानेलाई सो प्रतियोगिताअन्र्तगतको एमएस इन्टरनेशनलमा नेपालका तर्पmबाट प्रतिनिधित्व गराइएको थियो । सिगापुरको सो प्रतियोगितामा स्नेहाले वेस्ट पोर्टफोलियो अचिभमेन्ट, इन्टरनेशलन टरिजम एम्बेस्डर र सुपरमोडलको उपउपाधि चुमेकी छिन् । त्यसै गरी संगीताले मिसेस इन्टरनेशनल एलिगेन्स व्युटीको उपउपाधिलाई आप्mनो बनाएकी छिन् । कोरियोग्राफर अश्विनी झा र मिसेस नेपाल २०१९ का इभेन्ट निर्देशक निशु झाको नेतृत्वमा सिंगापुर पुगेका स्नेहा र संगीता दुबैजना हालै काठमाडौं फर्केका छन्। आयोजक निशु झाका अनुसार प्रतियोगिता ९ दिनसम्म चलेको थियो । प्रतियोगिताका क्रममा विभिन्न देशबाट सहभागी विजयीहरुलाई सिंगापुरका साथमा मलेशिया र इन्डोनेसियका विभिन्न पर्यटकीय स्थलको भ्रमणसमेत गराइनेछ ।

प्रतियोगितामा लाटभियाकी ओल्गा एन्ड्रीले मिसेस इन्टरनेशनल २०१९ को उपाधि चुमेकी थिइन् भने मलेशियाकी प्रेभिता राजा मिसेस एसिया प्यासिफिक भएकी थिइन् । उनलाई अघिल्लो वर्षकी मिसेस एसिया प्यासफिक इन्टरनेशनल २०१८ विजेता चन्दा थापा गिरीले ताज पहिराई दिएकी थिइन् । चन्दाले मिसेस नेपाल इन्टरनेशनल २०१८ भएवापत सो प्रतियोगितामा स्पर्धा गर्दै मिसेसे एसिया प्यासफिक इन्टरनेशनल २०१८को उपाधि चुमेकी थिइन् ।