एसिड पीडित मुस्कानबारे नेपाली तथा बिदेशी कलाकारको चासो

नेपालमा एसिड आक्रमणको क्रम बढ्दो छ ।  दिन प्रतिदिन यस किसिमका घटना बढ्न थालेका छन् ।  प्रेम प्रस्ताव स्वीकार नगरेकोमा, दाइजो नल्याउदा तथा अन्य कारण युवतीलाई एसिड छ्याप्ने जस्तो घिनलाग्दो अपराध बढ्दै गएको छ । यहि क्रममा  केही हप्ता अगाडि विरगञ्जमा १४बर्षिया मुस्कान खातुन एसिड आक्रामणमा परेकी छन् । हाल उनी किर्तिपुरमा उपचार गराइरहेकी छन् ।

खातुनलाई बलिउडका दुई कलाकारले भिडियो सन्देश पठाएर सान्तवना दिदै हिम्मत बढाउन शुभकामना दिएका छन् । बलिउड नायिका कृती सेननले मुस्कानसँग भिडियो कलमा कुरा गरेकी थिइन् । कृतीले नायक बरुण धवनलाई समेत यो कुराको जानकारी गराएपछि बरुणले भिडियो सन्देश पठाएका छन् । अहिले बरुणले पठाएको भिडियो सन्देश सामाजिक संजालमा भाइरल भएको छ । वरुणले मुस्कानलाई भेट्ने इच्छा समेत ब्यक्त गरेका छन् । मुस्कान बरुण र कृतीको फ्यान हुन् ।

यस्तै, नेपाली गायक कोच राजु लामाले पनि मुस्कानलाई अस्पताल पुगेर भेटेका छन् । राजुले मुस्कानसँगको भेटमा ‘तिमीलाई देखेर’ बोलको गीत गाएका थिए । यस्तै, मोडल नीति शाहले पनि मुस्कानलाई भेटेर उनको हिम्मत बढाउने काम गरेकी छन् । भदौ २० गते विरगञ्जमा बिद्यालयबाट फर्किने क्रममा मुस्कानमाथि एसिड आक्रामण भएको थियो ।