‘न यता न उता’ अफिसियल पोष्टर सार्वजनिक

फिल्म न यता न उताको अफिसियल पोस्टर सार्वजनिक भएको छ ।  पोष्टरमा फिल्मका सम्पूर्ण कलाकार समेटिएका छन् ।  हास्यप्रदान फिल्म यहि साउन १७बाट प्रदर्शनमा आउदै छ ।

फिल्ममा मिराज रोश र समिर दीक्षित मुख्य भूमिकामा छन् । समीर र मिराजसँगै ऋचा शर्मा, छुल्ठिम गुरुङ, बुद्धि तामाङ , रविन्द्र झा , नम्रता सापकोटा , कमलमणि नेपाल , राजाराम पौडेल , जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, सागर ढकाल, पवन ढकाल, विशारद बस्नेत, राजन मुकारुङ , जयनन्द लामा, सिल्सा जिरेल लगायतको अभिनय रहेको छ । फिल्मलाई मिराज र विशारद बस्नेतले संयुक्त रुपमा निर्देशन गरेका हुन् । रिना लामा कार्यकारी निर्माता रहेको फिल्ममा अमित अर्याल, बिजय अवाले, बिनिता अधिकारी, डाक्टर निराजन प्रधान ,बेनकण्ठ माकाजु , प्रतिक कर्माचार्य लगायतको लगानी रहेको छ । यसमा राजन इशान र मिलन जलनको संगीत, विक्रम स्वारको कोरियोग्राफी, अरोन अशोक कुमारको छायाँकन, मिराज रोशको कथा, अभिमन्यु निरबीको पटकथा तथा सवांद, विपिन मल्लको सम्पादन रहेको छ ।