‘न यता न उता’ ट्रेलर

फिल्म ‘न यता न उता’ को ट्रेलर सार्वजनिक भएको छ । यस अघि फिल्मको गीत र टिजर सार्वजनिक भएको थियो ।

मिराज रोश र विशारद बस्नेतको संयुक्त निर्देशनमा बनेको यस फिल्ममा समिर दिक्षित, मिराज रोस सहित ऋचा शर्मा, बुद्धी तामाङ, छुल्ठिम गुरुङ, नम्रता सापकोटा, राजाराम पौडेल, कमल मणी नेपाल, जीवन भट्टराई, लुनिभा तुलाधर, भिमा मैनाली, राजन खतिवडा सहित अन्य कलाकारहरुको अभिनय रहेको छ । रिना लामाले निर्माण गरेको फिल्म माघ २५ बाट प्रदर्शनमा आउने छ ।