प्रेममा ‘माझी’ बनेका विल्सन विक्रम राई (भिडियो)

हिमाली भेगको व्यक्ति तराइकी छोरीसंग प्रेममा पर्छ । सोहि कारण परिवारबाट अलग्गिएर तराइमै आफ्नो जीवन व्यतित गर्न थाल्छ । गुजाराको लागि नदि किनारमा एउटा टहरो बनाएर माझिको जिन्दगि बिताउन थाल्छ । समय बित्त्दै जादा छोरा जन्मिन्छ । श्रीमान श्रीमती र छोरा सानो परिवार माछा मारेर र डुंगा चलाएर जेनतेन गुजारा चलेको छ । तर तराई समुदायको नहुनुले उसले उक्त स्थानमा लामो समय बसे पनि र सोही पेसा अपनाए पनि उक्त समुदायमा फरक हुनु परेको छ । साथसाथै आफु जन्मे हुर्केको ठाउ, परिवार सबै बाट टाढा हुदा सताउने याद पनी उतिकै नै छ । त्यति मात्रै नभएर ‘कागको बथानमा बकुल्लो’ हुनु त छदै नै छ । पेशा भित्रका बाध्यता र कम्जोर आर्थिक अवस्था, सामाजिक अपहेलना सबै सहनै पर्ने छ ।

यो कथा हो ‘तक्मे बुढा’ नामले परिचित विल्सन विक्रम राई अभिनित गीत ‘नदीको किनारा’ को । टुङनाको धुनमा , पिरतीको मीठो तिर्सनालगायत गीतमा स्वर दिएका अग्रज गायक  इन्द्रजित मिजारको स्वरले गीतमा अझ मिठास थपेको छ। गीतमा शब्द, सङ्गीत प्रेम रामदामको रहेको छ भने संगीत संयोजन सुधिर सिंह र गणेश छेत्रीको रहेको छ । गीतको भिडियोमा विल्सन विक्रम राईको साथमा मनिष रिजाल र आयुष दाहालको अभिनय रहेको छ । तिलक रिजालको छयांकन सम्पादन रहेको भिडियो बिराज वास्कोटाले निर्देशन गरेका हुन्।