नयाँ नक्सा स्वागतयोग्य – नेपाल चलचित्र निर्मात संघ


नेपाल चलचित्र निर्माता संघले नेपालको नयाँ नक्साको स्वागत गरेको छ । लिपूलेक लिम्पियाधुरा र कालापानी आफ्नो भूभागमा समेटेर नक्सा नेपाल सरकारले सार्वजनिक गरेको छ । विश्व कै पुरातन मध्येको एक राष्ट्रको यो नक्सा प्रति खुसी ब्यक्त गर्दै रास्ट्रवादी काममा सदैव समर्थ रहने बताइएको छ । संघका अध्यक्ष आकाश अधिकारीले प्रेश विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका छन् ।