‘रक्षा नेपाल’ का किशोरीहरुलाई नम्रताको सहयोग

अभिनेत्री नम्रता श्रेष्ठले ‘रक्षा नेपाल’ मा रहेका किशोरीहरुको लागि खाद्द सामग्री उपलब्ध गराएकी छिन् । ‘हाम्रो सानो प्रयास’ अभियान अन्तर्गत उनी ‘रक्षा नेपाल’ मा १५ दिनका लागि पुग्ने खाद्द सामग्री तथा हरियो तरकारी लिएर पुगेकी हुन् । उनि पीपीइ लगाएर त्यहाँ पुगेकी थिइन् ।नम्रतालाई देखेपछि त्यहाँ रहेका किशोरीहरुले खुशियाली मनाएका थिए र अटोग्राफ पनि लिएका थिए । ‘रक्षा नेपाल’ मा ७० जना किशोरी र बालबालिका रहेका छन् ।

‘रक्षा नेपाल’ मानव अधिकारवादी संस्था हो । यो संस्थाले यौन हिंसामा परेका किशोरी र बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको छ ।

‘हाम्रो सानो प्रयास’ अभियानमा क्याप्टेन बिजय लामा, फिल्म निर्देशक मिन भाम, अभिनेत्री नम्रता श्रेष्ठ, पुकार बम, दिपकराज सापकोटा, प्रज्वल दाहाल, घनश्याम खडका, उपेन्द्रजंग शाही, भिक्टर पौडेल, राजेशप्रसाद खत्री, दिपक हितान र सविन कर्माचार्य लगायतको समूह रहेको छ ।