परिपक्व नम्रता श्रेष्ठ

नम्रता श्रेष्ठको फिल्म ‘जाइरा’ प्रदर्शनको क्रममा रहेको छ । उनी हाल फिल्मको प्रमोसनमा ब्यस्त छिन्  ।

उनले प्रमोसनको क्रममा पनि ‘मेरो फिल्ममा यो छ त्यो छ’ भन्दै हल्ला गरेकी छैनन् । न त उनले मेरो फिल्म हेर्न पर्छ भनेर भनेकी छन् ।

उनी एउटा कुरा दोहोर्याउदै आएकी छन्, त्यो हो ‘सार्वजनिक भएका सामाग्री हेरेर दर्शकलाई फिल्म हेर्न मन छ भने जानुस’ भनेकी छन् । यस किसिमको हिम्मत जो कोही कलाकार, निर्माताले गर्न सकेको देखिदैन ।

साथै उनले मेरो फिल्ममा यो नयाँ छ त्यो नयाँ छ भन्दै कुरा बढाइचाडाई समेत गरेकी छैनन् । उनले सुटिंगको क्रममा भोगेको पिडा समेत आफैले एक दम कम ब्यक्त गरेकी छन् । उनीमा भएको यो परिपक्वता फिल्म जगतका अन्य निर्माता, कलाकारमा पनि आइउन जरुरी छ ।