नम्रताको नजरमा आशा के हो ?

अभिनेत्री नम्रता श्रेष्ठ यो बर्ष फुरुङ छिन् । उनले अभिनय गरेको प्रसाद फिल्मलाई दर्शकले रुचाए । फिल्मले नेपालबाट मुश्किलले मात्र लगानी उठाएता पनि नम्रताको कामलाई मान्छेले मन पराए ।

तर, पनि नम्रता जीवनमा अझै गर्न बाँकी छ भन्न पछि पर्दिनन् । नम्रताका लागि आशा के होला ?

नम्रतालाई लाग्छ, आशा मानिसको लागि नयाँ श्वास हो । एउटा श्वास सकिएपछि आशा बन्ने नयाँ श्वास रहन्छ, जसले मानिसलाई जिवित राखिदिन्छ ।

नम्रताले यस्तो किन भनिन् होला ? यसलाई मानिसले आफ्नै दृष्टिकोणबाट मुल्यांकन गर्न सक्छन् ।

अभिनेत्री नम्रता श्रेष्ठको करिअर र जीवनको उतारचढाव कमै मात्र अभिनेत्रीले भोगेको छन् । यही भएर पनि नम्रता आशा बन्ने कुरा नयाँ श्वास हो भन्न चाहन्छिन् । के तपाई नम्रताको कुरामा सहमत हुनुहुन्छ ?