हिट नभएपनि फिट रहने नन्दिताको सुत्र

अभिनेत्री नन्दिता केसी अमेरिकामा छिन् । उनी, एक कार्यक्रमको सिलसिलामा अमेरिका पुगिन् र उतै लुकिन् । अहिले उनी अमेरिकामा नै बस्ने निर्णयका साथ उतै रमाएकी पनि छिन् ।

नन्दिता केसीले नेपाली फिल्ममा एक दशक भन्दा बढी समय नाम कमाएकी थिइन् । तर, उनले सफलता भने त्यती पाइनन् । यसैले पनि उनले अन्तिम विकल्पको रुपमा धेरै कलाकार जस्तै अमेरिका रोजेकी हुन् । नन्दिता केसी अमेरिका पुगेपनि उनको फिट रहने बानी भने हटेको छैन । नेपालमा हिट नभएपनि उनी फिट थिइन् । अमेरिकामा पनि उनी फिट छिन् ।

उनी, फिट हुनुको अर्थ जिम जानुमात्र होइन भन्छिन् । आफ्नो भित्री मनबाट पनि फिट रहन आवश्यक रहेको उनले लेखेकी छिन् । नन्दिता नेपाली फिल्ममा काम गर्दा विभिन्न व्यक्तिसँगको प्रेम सम्बन्धले हल्लामा त रहिन् । तर, अरुको जस्तो धेरै खबर उनको आएन ।

नेपालमा रहँदा जिम सधै धाउने र फिट रहन ध्यान दिने नन्दिताले अमेरिकामा गएर पनि आफूलाई भित्री मन र बाहिरी रुपमा फिट राखेकी छिन् ।