नानी अब व्यवसायी पनि

मनोविद्, अधिवक्ता, कलाकार तथा अध्यापक नानी थापा अब व्यवसायी पनि भएकी छन् । नानीले काठमाडौमा आफ्नै व्यवसाय सुरु गरेपछी उनको नयाँ पहिचान थपिएको हो ।

अनामनगरमा नयाँ व्यवसाय सुरु गरेकी हुन्। ‘युनिफेसन’ नामको नानीको बुटिक व्यवसायको शनिबार विभिन्न क्षेत्रका ९ जना महिलाहरुले संयुक्त उद्घाटन गरे ।

नवनारी हरुमा प्रतिनिधिसभा सासद नबिना लामा, नायिका श्वेता खड्का, गायिका सुनिता दुलाल, समालोचक, डा.बिन्दु शर्मा, रङ्गकर्मी शिर्जना सुब्बा, पत्रकार मन्दिरा ढुङ्गेल, लोग्शरी कुँवर, फेसन डिजाइनर रोजिना श्रेस्ठ,अधिकारकर्मी भूमिका श्रेष्ठ, अधिबक्ता निशा बानिया र आमा लिला थापाले संयुक्त उद्घाटन गरे ।