Joy Ads

‘मेरो फिल्ममा हिरोको दाम १० लाख’ मारुनी निर्देशक नवल नेपाल

- आर्काइभ

फिल्म मारुनी प्रदर्शनको क्रममा रहेको छ । पुनम गौतम क्षेत्रीको निर्माण रहेको फिल्मको लिड रोलमा साम्राज्ञी आरएल शाह, पुष्प खड्का र रेविका गुरुङ छन् भने फिल्मको निर्देशन गरेका छन् नवल नेपालले । बिगत २५, २६ वर्षाबाट फिल्म क्षेत्रमा निरन्तर लागिरहेका नेपालका लगभग सबै फिल्म सफल छन् । मनबाट काम गर्ने फिल्मकर्मीको रुपमा फिल्म जगतमा चिनिएका नेपाल संगको कुराकानी आजको भागमा :

केमा व्यस्त हुनुहुन्छ ?
मारुनीमा

तपाइको फिल्म क्षेत्र प्रवेश देखि निर्देशक नवल नेपाल बन्दा सम्मको यात्रा कस्तो रह्यो ?
मान्छेको जीवन यात्रा अनेक किसिमले आउछन् । त्यो यात्रा कठिन नै हुन्छ । तर मेरो यात्रा अलिक बिशेष रह्यो । किनभने यहाँ सम्मको यात्रा त्यति सहज थिएन । विभिन्न सहजता अहिले आएका छन् । तर जतिखेर हामी संघर्ष गर्दै थियो त्यो समय सहज थिएन । तर आजको समयमा नवल नेपालले जुन पोष्ट सम्हालेको छ, त्यो पोस्ट सम्म पुग्न जति का हरु गरेको छ त्यति सायदै कोहि कसैले गरेको छ होला ।

पहिले अहिलेको नेपाली फिल्म क्षेत्रमा आएको परिवर्तन के छ जस्तो लाग्छ ?
फरक छ पहिले मानिसहरुले फिल्मलाई हेर्ने नजर अन्दाज गर्ने तरिका फरक थियो ।  अहिले फरक छ । पहिले मेकिंग हेर्दैन थिए, खालि फिल्मले दिएको समग्र भाइव, डेप्थ हेर्थे । समग्र फिल्मले हाम्रो पहिचान संस्कृति मौलिकतालाई कति सम्ममा न्याय गरेको छ त्यो हेरिन्थ्यो भने अहिले त्यसमा जोडिएर आएको छ मेकिंग । फिल्म भनेको ठुलो, सुन्दर, लवाइखवाइ, कलाकार पेस हुने तरिका समग्र धनाड्य भयङ्कर हुनुपर्छ भन्ने छ । त्यो जोडिदै गर्दा के महसुस भएको छ भने संस्कृति संस्कार मौलिकता किल गर्दै गएको छ । पहिले पूर्वीय सभ्यतामा फिल्म बाँदिन्थे भने अहिले पाचात्य संस्कृतिको प्रभाव बढी पर्न थालेको छ । जुन कुरा सबै मिलेर निरुत्साहित गर्न जरुरि छ । त्यसो भए मात्रै हामी, हामी रहन्छौ ।

फिल्म बनाउन पहिला सजिलो कि अहिले ?

यसको जवाफ समयले दिएको छ । हाम्रो समयमा घटीमा १० र बढी मा १८, २० फिल्म बन्थे । अहिले १०० को हाराहारीमा फिल्म बन्दै छन् । सजिलो छ र नै धेरै फिल्म बनेको हो । तर पुरानो शैलीमा फर्किने हो भने फिल्म घटेर कम संख्यामा नै पुग्ने छ ।

क्वालिटीको फिल्म बन्न मेकिंगले फरक पार्छ ?
फिल्म बनाउने धेरै मस्तिष्कहरु हुन्छन् । त्यहि मस्तिष्कको बिचारको उपज हो फिल्म । करोडौ लगानी गरेर हुने पनि केहि हैन, १५ बिस लाख खर्चेर पनि हुने केहि होइन । खाली तपाइँको मस्तिष्कमा के बिचार उत्पन्न भयो, लाई मनको माध्यमबाट स्क्रिनमा उतार्ने हो । जब तपाइँलाइ थाहा हुदैन के बनाउदै छु, त तब दर्शकले कसरि बुझ्ने तसथा काममा मन लगाउनु पर्छ । फिल्म जति बजेटको भए पनि म मेकिंगसंग सरोकार राख्दिन । यति मात्र बिचार गर्छु प्रोजेक्टमा मेरो मन छ कि छैन । म त्यसरी हेर्छु ।

नवल नेपाल कलाकारको लागि कतिको सजिलो निर्द्देशक हो ?
यसको जवाफ कलाकारले दिनु हुन्छ मैले होइन।  म आफु कलाकारलाइ सहज बनाउने प्रयास त गर्छु । तर वहाहरुलाइ कस्तो लाग्छ मलाइ थाह भएन ।

मारुनी मौलिक फिल्म हो ?
मैलिकता आफ्नु ठाउमा छ, मारुनी एउटा मनको बह हो । एउटा विचार छ जुन मनबाट  पोखेका छौ । मौलिक बनाउने भरपुर प्रयाश छ ।

साम्राज्ञीले पहिरन असहज लाग्यो भन्ने अभिव्यक्ति दिनु भएको छ तपाइले छोटो लुगा लगाउन बाध्य बनाउनु भएको हो ?
गीत हेर्दा अभिनय हेर्दा कुनै पनि एगलबाट अप्ठ्यारो भएको देखिदैन । जस्तो कि कपडाले अप्ठ्यारो बनाएको छ । १०० प्रतिशत एक्स्प्रेसन दिएर गीतलाई प्रतिनिधित्व गर्नु भएको छ, क्यारेक्टरलाइ प्रतिनिधित्व गर्नु भएको छ भने कपडाले सायदै अप्ठ्यारो बनाएको छ । बाकि मेरो दृष्टिकोणमा त्यो पहिरन क्यारेक्टरको रोलको डिमाण्ड थियो ।

पुष्प दोहोरियेका छन् प्रोड्युसरको प्रेसर हो कि नवल नेपालको चाहना ?
नवल नेपाल एक्लैले निर्णय गरेर पनि हुदैन, निर्माता एक्लैले निर्णय गरेर पनि हुदैन । निर्देशक एक्लैले निर्णय गरेर हुने थियो भने त सायद अर्कै बन्थ्यो होला मारुनी । त्यता तिर नजाउँ । पुष्प सरसंग काम जुरेको कुरालाई म २ ३ हिसावले हेर्छु।  मारुनी निर्मात्री पुनम गौतमको फिल्म अझै पनिमा पुष्प सहायक भूमिकामा हुनुहुन्थ्यो, त्यसले पनि वहाको मनमा छाप छोडेको हुन सक्छ । मङ्गलममा वहाको प्रस्तुतिका कारण पनि वहा दोहोरिनु भयो, भने तेस्रो तथा मुख्य कुरा यो क्यारेक्टरले पुष्पजीलाइ नै डिमाण्ड गर्यो ।

मारुनीमा लिड रोल कसको ?
नवल नेपालको । यसो भनिरहदा तपाइको प्रस्नलाई मैले बेवास्ता गरेजस्तो हुन्छ तर होइन । कतिपय कुरा त्यस्ता हुन्छन् जो हामीले लगानी गरेका हुन्छौ । त्यो लगानीको पछाडी अनेक दर्शक जोडिनु भएको हुन्छ । वहाहरुले हातमा पैसा लिएर टिकट काटेर हेर्नु पर्ने हुन्छ । पुष्प जी, रेविका जी, साम्राज्ञी जी ३ जना मध्ये बलियो रोल कसको रहिछ भन्नलाई त पैसा नै तिर्न पर्यो नि हैन ? अहिले भनेर के अर्थ रह्यो र ?

तपाइको कथा र स्क्रिप्ट रहेकोमा बीचमा प्रोड्युसरले स्क्रिप्टमा छेडखानी गरेको कुरा आयो यसमा तपाइँ के भन्नु हुन्छ ?
अरुलाई जज गर्न लगाइयो त्यो जानकारी ममा छैन।  मैले सुनेको पनि छैन, मलाई वहाहरुले बताउनु भएको पनि छैन । जहाँसम्म लाग्छ पुनम म्याम, पुष्प जी, साम्राज्ञी जी हामी जति फिल्ममा रिलेटेड मान्छेहरु छौ, सबैजना बसेर कन्क्लुजनमा पुग्ने गरियो । कहिले काही मलाइ ठिक लागेको ३ जनालाई ठिक नलाग्न सक्ने रहिछ, त्यो अवस्थामा मैले ३ जनालाइ नाग्न मिल्दैन । वहाहरु ३ जनाबाट आएको निर्णयलाइ मैले स्वीकार गरे होला, त्यो अलग कुरा हो । तर मैले र गोभिन्द फुयालले लेखेको स्क्रिप्टलाई अरुले जज गरेको आधारमा मैले रिराइट गरेको छु भन्ने अफवाह मात्रै हो । त्यसमा मलाइ बिश्वास छैन ।

फिल्मको सफलता  र असफलतामा तपाइँ कति जिम्मेवार ?
भलै अरुले गरेका गल्ति हुन्, तर निर्देशक भएको हिसावले त्यसको जिम्मेवार म नै हुन्छु । मारुनीले भोलि जे दिए पनि मैले स्वीकार्ने पर्छ । गल्ति भए पनि सफल भए पनि । तर सफलता मेरो मात्रै भने भन्दिन।  त्यति खेर यदि गल्ति भयो भने बिसुद्ध नवल नेपालको गल्ति हो भनेर म स्वीकार्छु तर सफत्लता हाम्रो टिमको सफलता हो भनेर लिन्छु ।

स्क्रिप्टको बिषयलाइ लिएर प्रोड्युसर र डाइरेक्टर बीच केहि खटपट भएको हो ?
छैन। म पहिलो पटक सुन्दैछु । म त्यस्तो चरित्र हुँ, नराम्रा कुरालाई राम्रो कोडबाट हेर्छु । नराम्रा भित्र पनि त राम्रा कुरा धेरै हुन्छन । त्यसकारण बाहिर नराम्रा अफवाह आए भने त्यसलाई म सकभर मिलाउने शान्त बनाउने निर्क्योल गर्ने तिर लाग्छु।  तर झगडा, खटपट भए जस्तो मलाइ चै लाग्दैन ।  यदि हो भने मलाइ थाह छैन ।

फिल्म कसरी सफल हुने रैछ ?
पहिलो कुरा बिषय बस्तु बलियो हुन पर्यो  । बिषय बस्तु प्रस्तुत गर्ने चरित्र जसलाई हामि कलाकार भन्छौ, वहाहरु  बलियो हुन पर्यो । त्यसपछी फिल्मसंङ्ग जोडिएका हरेक प्राविधिक कुराहरु बलियो हुन पर्यो । यसो गर्दैमा फिल्म बलियो हुन्छ या राम्रो हुन्छ भन्ने छैन । सय बाटा हुन्छन् फिल्मलाई बलियो बनाउने । ति १०० बाटामा पनि २ ३ वटा मात्रै बाटा डगमगाउदा फिल्म असफल हुने धेरै सम्भावना रहन्छ । त्यसकारण फिल्म यो कारणले सफल हुन्छ भन्ने सुत्र त छैन । खालि के भने म जिरो लेभलबाट नै मन लगाएर काम गर्छु बाकि भनेको दर्शक जनार्दन हुनुहुन्छ ।

महिलालाई केन्द्रमा राखेर फिल्म बनाउनु हुन्छ केहि कारण छ ?
संयोग मात्रै हो । तर मारुनी पनि स्त्री संग सम्बन्धित फिल्म नै हो । मारुनी भन्नाले सुन्दरी राम्रि युवती।  अर्को कुरा छोरीमान्छे को मन एकदम कमलो हुन्छ । त्यो कमलो मनलाइ सजाउन कनेक्सनमा बस्न इजी हुन्छ । त्यो विषयलाइ सजिलैसंग दर्शकहरुले पनि स्विकार्नु हुन्छ  त्यसकारण पनि मैले महिला केन्द्रित फिल्म बनाए होला । तर मैले मङ्गलम पुरुष केन्द्रित बनाएको छु नी !

फिल्म प्रमोसनको लागि समय दिनुको सट्टा कलाकार आफ्नै काममा ब्यस्त हुदा फिल्मलाई असर पर्दैन ? पुष्प म्युजिक भिडियोमा ब्यस्त, साम्राज्ञीको त पुरानै बानी भयो प्रमोशनमा साथ नदिने ?
प्राक्टिकल्ली हेर्दा असर त पर्छ नै । साम्राज्ञी अहिले एउटा फिल्ममा ब्यस्त हुनुहुन्छ । त्यो फिल्म सकेपछी वहाले मारुनीको प्रमोसनमा समय दिनु हुन्छ । हाम्रो सल्लाह त्यहि किसिमको भैरहेको छ । पुष्प खड्का भिडियोको काम गर्नु हुन्छ । कता कता असहज चै लाग्छ । मारुनीको गीत सार्वजनिक भयो मारुनीको कन्टेन्ट एक पछी अर्को सार्वजनिक हुदै छ  भिडियोको संखया वहाले कम गरिदिए हुने भन्ने हामीलाइ लाग्छ । तर त्यसको पछाडी एउटा व्यवहारिक कुरा के छ भने, वहा आफु पनि त पुष्प खड्का भनेर बस्नु पर्यो नी त । वहाको पनि जीवन छ, परिवार छ, भविष्य छ । त्यो भविष्यको लागी पनि त वहाले ध्यान दिनु पर्यो  । बर्षमा, २ वर्षमा एउटा फिल्म गर्नु हुन्छ । सुन्दै छु वहाले ३० लाख लिन सुरु गर्नु भयो रे । मारुनीमा कति लिनु भयो मलाइ थाहा भएन।  तथापि मलाइ के लाग्छ भने भिडियोमा कर्म गरेर वहालाई घाटा हुदैन पु। ष्प खड्का पुष्प खड्का नै हो । उसले चाहे भिडियोमा होस् चाहे फिल्ममा । वहा भित्र भएको क्षमता जतिछ  त्यति नै देखिन्छ र संग संगै आर्थिक कुरा पनि त्यसमा जोडिएर आउछ।  भिडियो नगर्ने र २ बर्षमा एउटा फिल्म गर्ने हो भने जो कोहि कलाकार कसरि बाच्छ त ? यति हुदा हुदै एउटा निर्देशकले फिल्म प्रदर्शन नहुन्जेल सम्म भिडियोको संख्या घटाई दिए हुने भन्ने चै लाग्ने नै रैछ ।

नेपाली फिल्ममा कलाकारको पारिश्रमिक बढो छ एउटा फिल्मका लागि ५०लाख सम्म लिन थालेको चर्छा छ यसलाई कसरि हेर्नु हुन्छ ?
जसले ५० लाख माग्नु हुन्छ वहाहरु सेयरमा बस्नु पर्छ क्यास माग्नु हुदैन । त्यसो गर्न सक्नु हुन्छ भने ५० को ठाउँमा ६० लाख पनि हामी गर्न सक्छौ ।  तर क्यास लिनु हुन्छ भने मेरो सवालमा, मैले चलेको हिरोलाई लिदा मेरो न्रिमातालाइ १० लाख भन्दामाथि नजानु भनेर उर्दी नै जारी गर्दिन्छु । यदि वहा १० लाखमान्नु भयो भने गरौ, मान्नु भएन भने अरु पनि त हुनुहुन्छ नि ! किनभने एउटा निर्माताले एउटा कलाकारलाइ  ५० ६० लाख लगानी गरेर भोलि के गरोस ? आउने बजार यहि हो कति पैसा आउछ, हामीलाई थाह छ ।  ४० लाख ५० लाक्को पछाडी दौडिन मन लाग्दैन मलाइ ।  मेरो फिल्ममा हिरोको दाम १० लाख, भोलि समय अनुसार बढ्ला त्यो भोलिको कुरा भयो ।  तर आजको समयसम्म हिरोको दाम १० लाख ।

पुष्पको पारिश्रमिक१० लाख हो, मारुनीमा ?
वहाले फ्रिमा गर्दिनु भएको हो मलाइ, गर्भका साथ भन्छु ।

नेपाली फिल्म निर्माणमा चुनौती के कस्तो देख्नु हुन्छ ?
तलैदेखि फिल्म क्षेत्रमा राजनीतिक रंग नमजाले पोतिएको छ ।  बजारमा राम्रो चलेको कलाकार लिउँ, त्यहाँ पनि राजनीति सुरु हुन्छ ।  फिल्म्मेकिंगमा राजनीति हुन्छ, फिल्म बल्ल तयार गर्यो चलाउने बेलामा समेत राजनीति हुन्छ । यो राजनीतिक रंगलाइ हामिले विस्थापित गर्नु पर्छ । अगिल्लो बर्ष यहि समयमा लगभग २० २५ वटा फिल्म फ्लोरमा थिए, अहिले मुस्किलले ४ वटा छन् ।  त्यो के हो भने फिल्म क्षेत्रको राजनीतिक रंगको बित्रिष्णाबाट वाक्क भएर मान्छे फिल्म बनाउन छोडेका हुन् ।  मान्छे लगानी गर्छन १, २ करोड, आउछ २ लाख ३ लाख ।  कति सम्म सहने भन्ने कुरा हो ।  यसको रियाक्सन त बिस्तारै देखिदै छ र नराम्रा कुराहरु छाटिदै जान्छन् राम्रा कुराहरु  बाहिर आउदै जान्छन् ।

व्यवस्थापन कसरी गर्न सकिएला ?
बर्षमा १० वटा फिल्म बन्छन्, फरक फरक निर्माताको हातबाट ।  मैले उदाहरण मात्रै दिएको है, २० वटा पनि बन्लान ३० वटा पनि । १० वटा फिल्म बन्छन भने त्यो १० वटा फिल्म बनाउने निर्मातालाइ २ भागमा राखेर २ वटा मात्रै फिल्म बनाउनु पर्छ ।  ५ जनाले एउटा फिल्ममा लगानी गर्ने भने बाकि ५ जनाले अर्कोमा लगानी गर्ने ।  सबै भन्दा सजिलो प्रक्रिया यो छ किनकि व्यक्ति पिछे नै निर्माता बनेर ब्यक्ती पिछे फिल्म निर्माण गरेपछिको परिणति हो यो ।  अर्को भनेको बग्रेल्ती संघ संस्था ।  फिल्म क्षेत्रको उत्थानको लागि भनेर आएका हुन् ।  उनीहरुको जिम्मेवारी काम कर्तब्य होला, त्यो कर्तब्य बोध गर्न पर्यो र सब भन्दा ठुलो कुरा हामी फिल्म क्षेत्रमा आबद्ध जति छौ हामि एउटा परिवारको मान्छे हौ भनेर मस्तिष्कमा राख्नु पर्यो ।  तबमात्र राम्रो हुन्छ हैन भने तँ ठुलोलो कि म ठुलो भनेर त्यहि झगडा सुरु हुन्छ ।

पहिलो २ गीत अनि ट्रेलरको प्याट्रन नै फलो गर्नुको कारण ?
फलो गरेको होइन ।  हाम्रो फिल्म मारुनीमा ३ वटा गीत हो जसमा एउटा व्यवसायिक गीत दीपक बज्राचार्यले गएको कम्पोज गरेको सार्वजनिक गर्यौ ।  यो एउटा फ्लेभरको गीत थियो अबको अर्को सफ्ट रोमान्टिक लभ संग छ ।  त्यो अब चाडै नै सार्वजनिक गर्दै छौ ।
त्यसको केहि समय पछी ट्रेलर सार्वजनिक गर्दै छौ ।  फलो भन्दा पनि यो एउटा ट्रेन्ड बसेको हुनाले हामीले यसो गरेका हौ ।

निर्देशक नवल नेपाल बन्नु सम्मको संघर्ष छोटकरीमा बताइदिनुस न !
एउटा फिल्म नै बन्छ । म अहंकारी भएको त होइन ।  जति खेर म ५० सालमा फिल्म क्षेत्रमा प्रवश गरे धेरै गाह्रो थियो ।  मैले प्रोडक्सन असिस्टेन्ट भएर काम गरें, त्यस्तै मेकअप असिस्टेन्ट, साउण्ड असिस्टेन्ट भए, मैले लाइटको कामनी गरें सहायकको रुपमा ड्रेस असिस्टेन्ट पनि भए ।  भनेको फिल्ममा जति पनि अरु प्राविधिज्ञ साथीहरु हुनुहुन्छ, वहाहरु सबैको काम मलाइ केहि हदसम्म थाहा थियो ।  त्यस पछी निर्माण नियन्त्रकको सहायक भएर काम गरें ।  मेरो लेखन राम्रो थियो त्यो समय कम्प्युटरको जमाना थिएन ।  हातले लेखेकोलाइ कार्बन बिछ्याएर सार्नु पर्थ्यो । त्यो सार्दै गर्ने क्रममा नारायण पुरी सर आकर्षण हुनुभयो मप्रति र क्ल्याप सम्हाल्ने काम दिनु भयो ।  क्ल्याप भनेको निर्देशनको पहिलो खुड्किलो, पडकाउन मलाइ दिइदैन थियो ।  किनकि पड्काउने ल्याकत हैसियत नै थिएन भनिन्थ्यो । त्यो समय नम्बर देखाउने बन्द गर्ने हुदै हुदै सहायक भए मुख्य सहायक भए ।  अनि यहाँ सम्म आएँ ।

यात्रा सहज थियो ? भाग सानी भाग बाहेक सबै फिल्म व्यवसायिक रुपमा समेत सफल छन् संघर्ष कस्तो रहयो ?
सजिको छैन ।  यसलाई हामी सजिलो मान्छौ र नै यो गति भएको हो ।  मलाइ कसैले निर्देशक भनेर भन्दा भारी लाग्छ । देशको एउटा प्रधानमन्त्रीलाइ जनताको कुरा सुन्न यो हविगत भैरहेको छ भने हाम्रो जिम्मेवारी ३ करोड नेपालीका लागि होस् भनेर फिल्म बनाउछौ । यति ठुलो जिम्मेवारीमा हामी बसेका छौ कि कर्णालीको जनताले पनि हाम्रो फिल्मलाई स्वीकार्न सक्नु पर्छ, सप्तरीको जनताका लागि पनि सोहि फिल्म बनेको हुनुपर्छ । मलाइ कसैले निर्देशक भनेको गार्हो लाग्छामलाइ सकभर फिल्मकर्मी भनिदिए हुने जस्तो लाग्छ ।  निर्देशकको पदले थिच्छ मलाइ ।  म  यति भारि हुन्छु, तनावमा हुन्छु ।  निर्देशन गर्नु सजिलो होइन,  हामी त्यत्तिकै निर्देशन नवल नेपाल लेख्छौ । निर्देशकको बारेमा पहिला अध्ययन त गरौ । त्यो निर्देशकमा हुनुपर्ने क्षमतालाइ नवल नेपालले अबलम्बन गर्न सकेको छ कि छैन दोहोर्यउन सकेको छ कि छैन ? मैले चै सकेको छैन । भाग सानी भाग ब्यवासायीक रुपमा असफल भएकै हो ।  तर मेकिंगको हिसावले उक्त फिल्म मेरो फिल्म हो, नवल नेपालको । त्यसकारण मलाई निदेशक हैन फिल्मकर्मी भन्नु । एउटा फिल्मकर्मीले बनाएको फिल्म हो, हुन्छ कहिले काहि असफल । बजार बाट लगेको कपडा घर सम्म पुगेर लगाउदा कता छोटो के भैरहेको हुन्छ, त्यसलाई काटकुट बनाएर सिलाएर बनाउनु पर्छ ।  सानो एउटा कपडा त मिल्दैन भनेफिल्म हो नि त । ४०, ४५ जनाको टिमसंग बसेर फिल्म बनाउदै गर्दा कहिँ न कहिँ नमिल्ने त भै हल्छ । रात पर्छ, दिन आउछ र फेरी रात आउछ, यस्तै हो ।

फिल्ममा नवल नेपालले मनभन्दा दिमाग बढी प्रयोग गर्न थालेको आरोप आउन थालेको छ नि ?
होइन फिल्ममा मन नै छ ।  जहिले दिमाग लगाउछु म फेल भए । किनभने काम भनेको मनबाट नै गर्ने हो ।  मन बाट निस्किएको कामलाइ जसको लागि बनाएको हो त्यहाँ सम्म पुर्याउन चै दिमाग लगाउनु पर्छ । कलाकारको चयन कसरि हुन्छ, स्क्रिप्ट लेखने, चरित्र उत्पादन गर्ने र त्यो चरित्रमाको सुहाउछ भनेर मस्तिष्क लगाउन थाले भने म फेल हुने पक्का छ । मैले मन लगाउन जरुरी छ ।  बनाएको कुरालाइ बजारमा ल्याउन दिमाग लगाउला तर बनाउने क्रममा मन नै प्रयोग हुन्छ ।

मनले सोचेर तयार गरेको कुरा निर्माता सम्म पुग्दा पुरा हुन्छ त ?
कैले कहिँ झगडा पर्छ, बिवाद हुन्छ  ।  राम्रो कुराको लागि भएको विवादलाइ म गलत भन्दिन । निर्देशक हुन सहज छैन नि जब म निर्देशक हुन्छु तव मेरो निर्णय फाइनल हुन्छ ।  आफुलाई फिल्मकर्मी भनिदिए हुने भन्ने लाग्छ ।  पहिला म बजारको कुरा सुन्छु वरिपरिका मान्छेहरुको कुरा सुन्छु वहाहरुको भाइव, अभ्जर्व गर्दै मैले निर्णय लिने हो ।  म एक्लैले कहिले पनि निर्णय गर्दिन किनकि म निर्देशक भैसकेको छैन ।  जुन दिन निर्देशक बन्छु, भटाभट निर्णय लिन सुरु गर्छु ।

फिल्म मारुनीको बिषयमा के भन्न चाहनुहुन्छ ?
फिल्म मारुनी हामी ४० ४५ जनाको टिमले लामो समय लगाएर राम्रो फिल्म बनाउने प्रयाश गरेका छौ ।  अगिल्ला फिल्महरुलाई माया गर्दिनु भयो, धन्यबाद । यसो भन्दै गर्दा मारुनीमा ठुलो आश केही नराख्नु ।  सानो आश राखेर जानु भयो र अलिकति बढी पाउनुभयो भने तपाइहरु खुसि हुनुहुन्छ ।  म मेरा दर्शक दुखि भएको मन पराउदिन ।  त्यसकारण मलाई फिल्मकर्मी नवल नेपाल भनेर चिनिदिनुस्, धन्यवाद ।

२०७६ असार २५ गते ८:५४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate