कसरी बनिएला डराएर निर्मात्री ?

अभिनेत्री नीता ढुंगानाले फिल्म बनाउने भनेर भनेको २ बर्ष भएको छ । जन्मदिन फेरि अर्को आउन लागेको छ । नीताले बनाउने भनेको फिल्म बनेन ।

नीता अब फिल्म नबनाउने सोचमा पुगिसकेकी छिन् । उनलाई फिल्म बनाउन डर लाग्यो । पैसा खर्चिएपछि फिल्म बनाउनेबारेमा सोच्न पर्छ । नीताले यो कुरा सोचिन् ।

नीता ढुंगानाले फिल्म बनाउन नसक्नुको कारण अहिले फिल्म नचलेको भनेर बयान दिएकी छिन् ।

अहिले राम्रो फिल्म बनाएर पनि नचल्ने गरेको नीताले बताइन् । नीताले फिल्म बनाएर चलेन भने गाह्रो हुन्छ भनेर प्रोजेक्टलाई धकेलिन् ।

नीताको कुरा यस्तै छ । नीताका लागि अरु निर्माताहरुले लगानी गर्दा उनीहरु डराएनन् । नीता भने आफूले फिल्म बनाउँदा राम्रो भएर पनि चल्दैन भनेर डराएकी छिन् । नेपाली फिल्म अहिले धरमराएको भनेर नीताले भनिन् । यसरी डराएर पनि निर्माता बनिन्छ होला र ?