सहिमाको गीतमा नीताको नृत्य (फोटो सहित)

गायिका सहिमा श्रेष्ठको तीज गीतमा नीता ढुंगानाले नृत्य गरेकी छन् । ‘यसपालिको तीजमा केही त होला की’ बोलको तीज गीतको छायांकनका तस्विर बाहिरिएका छन् । गीतमा अमर राइको शब्द छ भने सन्तोष श्रेष्ठले संगीत भरेका छन् । गीतको कोरियोग्राफी तथा निर्देशक पवित्रा आचार्यले गरेकी छिन् । भिडियोमा दिव्य सुवेदीको छायांकन रहेको छ । भिडियोमा नीताका साथ दर्जन बढी कोरसले नृत्य प्रदर्शन गरेका छन् ।