नेहा कक्करको कार्यक्रम विवादमा, ३जना पक्राउ

भारतीय गायिका नेहा कक्कडको प्रस्तुति रहेको ठमेलमा भएको कार्यक्रम विवादमा परेको छ ।  एल ओ डी लर्ड अफ डिस्कोमा सनिवार साँझ पारामाउन्ट इन्टरटेनमेन्टको आयोजनामा भएको कार्यक्रममा क्षमता भन्दा बढी टिकट बिक्री गरेसंगै कार्यक्रम विवादमा परेको हो ।

कार्यक्रम स्थलमा ठाउं नापूगेको कारण कैयौ दर्शक बाहिर बसेर कार्यक्रम हेर्न बाध्य भएका थिए । सोहि दर्शकहरु गुनासो लिएर प्रहरी सम्म पुगेका हुन् ।  महानगरीय प्रहरी परिसर टेकुको टोलीले आयोजक संस्थाका ३ जनालाइ पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दिपक घिमिरे, रविन श्रेष्ठ र भुपेन कुँवर  रहेका छन् । जनार्दन ढुंगेलले कार्यक्रम आयोजना गरेका हुन् ।

पिडितले टिकट बराबरको रकम फिर्ता मागेका छन् । सो हुन नसकेमा आयोजक संस्था माथि मुलुकी अपराध संहिताको ठगी कसुर अन्तर्गत कारवाही हुनेछ । घिमिरेले रकम फिर्ता दिने बाचा गरेका छन् ।

पक्राउ परेका मध्ये दिपक घिमिरे यस अघि पनि विवादमा पर्दै आएका व्यक्ति हुन् ।  आफुलाई पुर्व गृह मन्त्री कृष्ण प्रसाद सिटौलाका ज्वाई बताउदै आएका उनले यस अघि समेत सौन्दर्य प्रतियोगितामा बिजयी बनाउछु भन्दै ठगेको आरोप छ ।  उनी आफुलाइ अन्तर्राष्ट्रिय मोडल समेत भन्ने गरेका छन् ।