युट्युबमा ऐतिहासिक गीति-नाटक ‘नेपाल गाथा’

साँस्कृतिक सस्थांनको निर्माण र नाट्यकर्मी बिरेन्द्र हमालको निर्देशन रहेको नाटक ‘नेपाल गाथा’ युट्युबमा राखिएको छ । प्रदीप ज्ञवालीको परिकल्पना तथा लेखन रहेको यस गीति-नाटक मा प्रसिद्ध संगीतकार अशोक राईको संगीत रहेको छ ।

नाटकमा नेपाल एकिकरण, बुद्धको संदेश, नालापानिको लडाई, योगमायाको बिद्रोह, किसान आन्दोलन, भिमदत्तको बिद्रोह, पञ्चायती व्यवस्था, दासढुंगा काण्ड, सशस्त्र द्वन्द्व, वैशाख १२ को विनासकारी भूकम्प लगायतका थुप्रै ऐतिहासिक बिषयहरु समेटिएको छ ।

नाटकमा डा. देवी नेपालको सहलेखन र गोरन चौधरीको नृत्य निर्देशन रहेको छ । राष्ट्रिय नाचघरमा नियमित मन्चन भएको नाटकमा रेखा कटुवाल, सवनम सिलवाल, मदन थापा, गोरन बहादुर चौधरी, रामभजन कामत, माया थापा, सुशिला थापा, गीता थापा, आकाश थापा, लोकेन्द्र लेखक, तिलक सुनुवार, रामु सापकोटा लगायतका दर्जनौ कलाकारहरुको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=099-svPGqPU&t=2277s