चबी मोडल विजेता बनिन् रविना

सद्धि मिडियाले आयोजना गरेको ‘नेपाल्स चबी मोडल–२०१९’को उपाधि रविना पोखरेलले प्राप्त गरेकी छन् । २५ प्रतियोगिलाई पछि पार्दै शिर्ष बिजेता बनेकी उनले उपहार स्वरूप स्कुटी हात पारेकी छन् । पोखरेलले शिर्ष उपाधीका साथ ‘मिस ब्युटिफुल स्माइल, ‘मिस बेष्ट र्याम्प वक’  र ‘मिस पपुलर’  उपाधि समेत हात परेकी छन् ।

मंगलबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न प्रतियोगितामा जिज्ञासा चटौट फष्टरनर अप र पुनम श्रेष्ठ सेकेन्ड रनरअप चुनिए । चटौट ‘मिस बब्बी’, ‘मिस मल्टिमिडिया’, ‘मिस फ्रेन्डी’ समेत घोषित हुदा श्रेष्ठले ‘मिस ब्युटिफुल’ र ‘ब्युटी वीथ परपोज’ उपाधि हात पारिन् । बिजेताले बिभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउँने छन् ।

प्रतियोगिताको यो तेस्रो संकरण हो । संजिव झाँ, अमित झा, कृष्ण देवकोटा, प्रतिमा कार्की, चन्दा थापा गिरी प्रतियोगितामा निर्णायक रहेका थिए ।

आफू मोटी छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन डराइरहेका महिलाहरुका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्च उपलब्ध गराउने उदेश्यले यो प्रतियोगिता हुदै आएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए ।

बिभिन्न सांगीतिक तामझामका साथ आयोजित प्रतियोगिताको कोरियोग्राफर सच्चु गुरुङ रहेकी थिइन् ।