सेलिब्रेटीको दैनिकी: दारी गन्‍नेदेखि व्यायाम गर्नेसम्‍म

सरकारले लक डाउन गरेको पहिलो दिन मनोरञ्जन क्षेत्रका कलाकारहरुले आफूलाई मन परेको क्रियाकलाप गरेर सदुपयोग गरेका छन्।

उनीहरुमध्ये नायिका वर्षा शिवाकोटीले जिम गरेको र स्किपिङ खेलेको भिडियो सामाजिक सञ्जालमा अपलोड गरेकी छिन् । यसका साथै उनले व्यायाम गर्दै सबैलाई स्वस्थ रहन अपिल गरेकी छिन् ।

यस्तै फिल्म निर्देशक तथा कमेडि च्याम्पियनका जज प्रदीप भट्टराईले सामाजिक सञ्जालमा श्रीमतीसँग रमाइलो गर्दै दारी गन्दै गरेको तस्बिर सार्वजनिक गरेका छन् ।

फुलेको दारी गन्दै बुढिले १७५२ ओटा रछ भनिन, तर बिस्वाश लागेको छैन भोलि आफै गनेर कति ओटा रछ भन्छु है ??फेसबुक नै कोरोनामय भएपछी रमाइलोको लागि मात्र है ।#fuNposT

Gepostet von Pradip Bhattarai am Dienstag, 24. März 2020

यस्तै हाँस्य कलाकार दीपकराज गिरीले कोरोनासँग पूर्ण रुपमा लड्न केही गर्नु नपर्ने घरमै बस्नु पर्ने बताएका छन् । उनले फेसबुकमा स्ट्याटस लेख्दै उक्त कुरा बताएका हुन ।


यसैगरी नायक सरोज खनालले अरुहरुको जीवन र स्वास्थ्य आफ्नो जत्तिकै महत्त्वपूर्ण लाग्ने बताउँदै सेल्फ क्वारेन्टाइनमा बस्न थालेको बताएका छन् ।

मलाई अरुहरुको जीवन र स्वास्थ आफ्नो जत्तिकै महत्त्वपूर्ण लाग्छ तेसैले आजबाट self isolation बस्न थाले , यहाँहरु पनि घरमै बस्नु होला !!

Gepostet von सरोज खनाल am Dienstag, 24. März 2020

यस्तै संगीतकर वसन्त सापकोटाले आफूले संगीत भरेको चर्चित गीत ‘सागर सरी चोखो माया’ लाई घरमै हार्मोनियम बजाएर रियाज गरी विभिन्न गीतहरु फेसबुकमार्पत सुनाएका छन् ।

Gepostet von Basanta Sapkota am Dienstag, 24. März 2020

त्यसैगरी नायिका अदिति बुढाथोकीले टिकटकमार्फत नृत्य गरेकी छिन् भने गायक शिव परियारले पनि कोरोनाबारे सचेत रहन र अरुलाई बचाउन आग्रह गरेका छन् ।

flip the switch challenge with dad ??❤️ watch till the end ?#quarantine #staypostive #goodtimes #dadlove #tiktok #fliptheswitch

Gepostet von Aditi Budhathoki am Dienstag, 24. März 2020

घरमै बसौं है घरमै बसौं !धेरै छचन्नाएर रग रग बाहिर नहीडौँ !फेसबुक ,इन्स्टा, ट्विटर चलाउने नेपालका सबै मनुखेले कोरोनाको…

Gepostet von Shiva Pariyar am Montag, 23. März 2020

यस्तै नवविवाहिता नायक-नायिका आयुषमान जोशी र प्रियंका कार्की जोशीले युट्युबमार्फत कोरोनाबारे जनचेताना मूलकभिडियो बनाएर देखाएका छन् ।