बोर्डलाई बक्स अफिस कोर्ड नदिन मन्त्रालयको निर्देशन

फिल्म हल गरिखाउँ की मरि जाउ भएको अवस्थामा सरकारले अर्को कैची लगाएको छ। सञ्चार, सुचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डलाई नयाँ फिल्मका लागि बक्स अफिस कोड नदिन निर्देशन दिएको छ। सीसीएमसीले सरकारलाई फिल्म हल सञ्चालनको अनुमति दिन पत्र पठाए पनि मन्त्रीपरिषद्ले हल खोल्ने निर्णय दिन सकेको छैन ।

चलचित्र संघको एकल निर्णयबाट हल सञ्चालकहरु हल सञ्चालन गरेता पनि सरकारबाट अनुमति पाउन सकेका छैनन्। सरकारले अनुमति दिनेमा आशमा रहेका हलवाला सरकारले थप कैची लगाएको छ। सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डलाई सेन्सर अनुमति नदिन र हललाई बक्स अफिस कोर्ड उपलब्ध नगराउन भनेको छ।

सञ्चारमन्नत्री पार्वत गुरुङले फिल्म हल सञ्चालन छिटै हुने आश्वासन दिएको पनि लामै समय भइसकेको छ । तर , मन्त्रालयले सबै क्षेत्र खुल्ला गरे पनि मनोरञ्जन क्षेत्रमा पनि फिल्म हलमा खुल्न दिएको छैन। बक्स अफिस कोर्ड बन्द भएपनि बोर्डले नयाँ फिल्मको सेन्सर गर्न भने रोकेको छैन । आजबाट देशैभर हलिउड फिल्म ‘मन्स्टर हन्टर’ रिलिज भएको छ । अहिले पुरानै फिल्म चले पनि आगमी माघ १ गतेबाट अभिनेता तथा निर्माता शिव श्रेष्ठको नयाँ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउने तयारीमा छ ।