शिव श्रेष्ठले जोखिम मोले वा हतार गरे ?


अभिनेता शिव श्रेष्ठको कुरा गरौ । आफ्नै फिल्म एउटा यस्तो प्रेम कहानी रिलिज हुन लागेको बेलामा शिव व्यस्त भए । तर, उनी मात्र हुन् व्यस्त भएको । यो फिल्ममा दर्जन कलाकार रहेको देखियो । तर, कोही कलाकार देखिएनन् क्यारे ।

प्रचारमा शुन्य छन् कलाकार । करिअर सुरु गर्ने तरखरमा रहेका कलाकार पनि छैनन् । अब, त करिअर यही फिल्मले बचाउँछ कि भनेर बस्ने कलाकार पनि छैनन् । को छन् भन्दा सुष्मा कार्की । एउटा गीत खेलेकी सुष्मा प्रचारमा हिडेर के हुने । बिहिबार रिलिज हो फिल्म । शिव श्रेष्ठ फिल्मका प्रस्तुतकर्ता हुन् । शिव मात्र फिल्ममा दौडीएर होला के होला ।

फिल्मका कलाकार नभएपनि उनलाई फिल्मका अन्य मानिसहरु सहयोग गर्दैछन् प्रचारमा । शिवको जोखिम मोलाइको तारिफ भैरहेको छ । तर, शिवले जोखिम मोलेका हुन् कि हतार गरेका हुन् भनेर भनौ ।

शिवले फिल्म क्षेत्रलाई अघि बढाउने सोचले फिल्म ल्याउन लागेको पनि बताएको पाइयो । सही नै हो । यो बेलामा हलमा फिल्म हाल्ने निर्माता बहादुर नै हो । तर, फिल्म पुरा नभएको भनेर पनि कलाकारले भनेको पाइयो । कुनै कलाकारको पनि डबिङ नभएको भनेर भनेको पनि पाइयो । अनी, कलाकारको डबिङ नगरी, फिल्मको कथा अनुसार पुरा नगरी फिल्म ल्याउनु त हतारो होला नी । भोली फिल्म रिलिज भएपछि दर्शकले हात्ती आयो हात्ती आयो फुस्स पाए भने त फिल्मलाई कती घाटा हुने हो हुने हो । घाटा त्यसपछि रिलिज हुने फिल्मलाई पनि हुने हो ।

फिल्म चल्ने बेला हुँदा पनि ट्रेलर ल्याउन सकेको होइन । ५ दिन अघि ट्रेलर किन बनाइदैछ ? यता पनि सोचौ । फिल्म ल्याउने जोखिम त शिवले मोलेका हुन् भनेर प्रशंसा गर्नपर्छ । तर, हतारमा फिल्म रिलिज भएको रहेछ भने त यो झनै घाटा हो नी, हैन र ।