रानी शाक्यको ‘चोखो माया’ सार्वजनिक

काठमाडौं- गायिका रानी शाक्यले ‘चोखो माया’ बोलको गीत सार्वजनिक गरेकी छिन् । राजेश शाक्यको शब्द तथा कल्याण सिंहको संगीतमा यो गीत तयार भएको हो । रोमान्टिक शैलीको यो गीतमा मोडल सलिना खत्रीलाई फिचरिङ गरिएको छ । सियोन श्रेष्ठको कोरियोग्राफी, सुप्रीम पराजुलीको सम्पादन, रुपेश थापाको छायांकन र निर्देशनमा तयार भएको यो भिडियाले दर्शकको प्रतिक्रिया राम्रो पाइरहेको छ ।