प्रभावन जेको ‘आँशुको धारा’ गीत सार्वजनिक

काठमाडौँ – हिन्दुहरुको महान चाड दशैं सकिएसंगै तिहारको माहोेलले शहर नै तातेको छ । महान चाड दिपावलीको अवसर पारेर देउसी भैलो गीतहरु सार्वजनिक हुने क्रममा गायक प्रभावन जे र श्याम धितालको स्वरमा रहेको गीत सार्वजनिक गरिएको छ। गीतमा विदेशमा पसिना बगाउने दाजुभाइ र नेपालमा पर्खेर बस्ने दिदिबहिनीको पिडालाइ देखाइएको छ । उक्त गीतमा दाजुभाइ दिदिबहिनीको प्रेम र अभाव झल्काइएको छ । ‘आँशुको धारा’गीतमा साजन पराजुलीको शब्द तथा प्रभावन जे को संगीत रहेको छ।

साजन पराजुलीको निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन तथा कृष्ण गौतमको सम्पादन रहेको छ। विदेशमा रहेको टुहुरा दाजु र गाउँमा रहेकी टुहुरी बहिनीको भेट हुन नपाएको कथा बोल्ने भिडियोमा साजन पराजुली,अस्मि थापा र बाल कलाकार स्नेहा चालिसे र युग पौडेलको अभिनय रहेको छ। भिडियो डिएआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।