विमान दुर्घटनामा ब्राजिलीयन गायिका मारिलियाको निधन

ब्राजिलकी लोकप्रिय गायिका मारिलिया मेण्डोंकाको शुक्रबार एक विमान दुर्घटनामा निधन भएको छ । ‘द क्वीन अफ सफरिङ’ नामले परिचित ‘ल्याटिन ग्रामी’ विजेता मारिलिया केवल २६ वर्षको थिइन् । कन्ट्री म्यूजिकको लोकप्रिय युवा स्टारमध्ये एक मारिलिया ब्राजिलमा नै हुने एक सांगीतिक कार्यक्रममा सहभागिता जनाउन गएकी थिइन् ।  ब्राजिलको दक्षिण-पूर्वी मिनास गेराइस राज्यको एक ग्रामीण क्षेत्रमा उक्त दुर्घटना भएको जनाइएको छ । मेन्डोन्काले आफ्ना गीतहरुमा महिलाहरुको असफल सम्बन्धहरूको अनुभवहरूमा ध्यान केन्द्रित गरेकी थिइन् ।

ब्राजिलको कन्ट्री संगीतको सबैभन्दा ठूलो नाम मध्ये एक सेर्टानेजो भनेर चिनिने, मेन्डोन्साले किशोरावस्थामा आफ्नो क्यारियर सुरुवात गरिन् । उनले २०१६ मा ‘नेशनल स्टार’ को उपमा समेत पाइन् । उनलाई ‘दुःखको रानी’ भनेर समेत चिनिन्थ्यो ।  मारिलियाले शुक्रबार बेलुका ब्राजिलको कैरेटिंगामा सांगीतिक प्रस्तुति दिने कार्यक्रम थियो । गायिकाले घटना हुनुभन्दा केही समय अघि एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । जुन भिडियो अहिले भाइरल भइरहेको छ । भिडियोमा उनी निजी विमानमा बोर्ड गर्ने तयारी गरिरहेकी छन् । उनको फ्यान फलोइङ करोडौं छन्