एलिना र आयुष भन्छन् ‘नतड्पाउन’

काठमाडौं- गायक आयुष अर्याल र गायिका एलिना चौहानको युगल स्वरमा रहेको गीत ‘नतड्पाउन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा अलेक लामा र आयुष अर्यालको शब्द, राहुल प्रधानको संगीत तथा एरेन्ज छ ।

रोमान्टिक शैलीको गीतको भिडियोमा सारा लोहोरुङ राई र गायक आयुष फिचर्ड छन् । जनकदीप पराजुलीको निर्देशन रहेको भिडियोमा हरि हुमागाईंको छायांकन र विकाश धमलाको सम्पादन रहेको छ । भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।