गरिमा र श्रेया भन्छन् ‘आई मिस यु’

 

 

‘नेपाल आइडल ३’की कि विजेता सज्जा चौलागाईंको स्वरमा ‘आई मिस यु’ सार्वजनिक भएको छ । राजश्री बस्न्यात श्रेष्ठको शब्द रहेको गीतमा न्ह्यू बज्राचार्यको संगीत छ । यो गीतले एक आमाले आफ्ना दुई छोरी गुमाएको कथालाई भन्छ । वास्तविक कथामा यो गीत तयार भएको छ । सज्जाले यो गीतको भावअनुसार स्वर भरेकी छन् । यो गीतको भिडियोमा मोडलद्वय गरिमा शर्मा र श्रेया सिटौलाले अभिनय गरेका छन् । भिडियोमा आमाको भूमिकामा गीतकार राजश्रीको अभिनय हेर्न सकिन्छ । राजश्रीकै निर्देशनमा तयार भएको भिडियोमा प्रवीण श्रेष्ठको सम्पादन, हरि हुमागाईंको छायांकन छ ।