‘बल्छी धुर्बे’ र सरिता अभिनित ‘मुसी’ सार्वजनिक

मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र सरिता ढुंगाना ‘जुनकिरी’ले अभिनय गरेको ‘मुसी’ बोलको गीत सार्वजनिक भएको छ । टेलिसिरियल ‘जुठे’मा एकसाथ देखिँदै आएका मरिचमान र सरिता म्युजिक भिडियोमा पहिलोपटक एकसाथ देखिएका हुन् । यो गीतमा प्रितम पोखरेल र सुनिता बुढाक्षेत्रीको स्वर रहेको छ । प्रितमकै शब्द, संगीत रहेको गीतलाई सुनिल परियारले एरेञ्ज गरेका हुन् ।

सर्जक एवं गायक प्रितमले मौलिक धारमा रहेर गीत तयार पारेका छन् । दीपेन्द्र तिमल्सिनाको कथा एवं निर्देशनमा बनेको गीतको भिडियो करन चैसिरले खिचेका हुन् । भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।