‘अल्लारे मन’

 

धनकुटा पहाडमा बाल्यकालमा बिताएका सम्झनालाई समेटेर गायक प्रत्युष श्रेष्ठले आफ्नो पहिलो म्युजिक भिडियो ‘अल्लारे मन’ सार्वजनिक गरेका छन्। गीतमा स्वर, शब्द र संगीत स्वयं श्रेष्ठको छ । सुजिल कर्माचार्यको संगीत संयोजन रहेको गीतको भिडियोमा विपना थापा र विकास जोशीले मुख्य भूमिका निर्वाह गरेका छन् ।

साथै, भिडियोमा एन्जिला रजक, रिजन श्रेष्ठ, पलिस्था श्रेष्ठ र आयुष श्रेष्ठको समेत भिडियोमा अभिनय रहेको छ । जावेद खानले छायांकन गरेको भिडियोलाई उज्ज्वल जोशीले सम्पादन गरेका हुन् । छविलाल तामाङ (शिशिर) को निर्देशनमा भिडियो तयार पारिएको हो ।