फिल्म ‘कुइनेटो’ को नयाँ गीत ‘जलेको जल्यै’ सार्वजनिक

 

काठमाडौं- फिल्म ‘कुइनेटो’ को नयाँ गीत ‘जलेको जल्यै’ सार्वजनिक भएको छ । वियोगान्त गीतमा पुरुषोत्तम लोहानीको शब्द, अनिल विरहीको संगीत र राज सागरको स्वर छ । फिल्मका निर्देशक माधवराज खरेल हुन् । उनका अनुसार सुदुरपश्चिमको विभिन्न स्थानमा खिचिएको फिल्ममा मौलिक प्रेमकथा देखाइएको छ । गीतमा श्रीदेव भट्टराई र श्रीजु अधिकारी फिचर्ड छन् ।

कमला जोशीको प्रस्तुतिमा निर्माण भएको फिल्ममा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव सापकोटा, मनिराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दीपेश जैसीलगायतको अभिनय छ । फिल्ममा किरण दाहालको द्वन्द्व, रुपेश उप्रेतीको नृत्य, जनकराज अधिकारी र जीवन पराजुलीको छायांकन, प्रदीप दाहाल र राजेश कुमारको सम्पादन छ । फिल्मको रिलिज टुंगो लागिसकेको छैन ।