सुदर्शन र सगुन अभिनित ‘मखमली’ सार्वजनिक

 

काठमाडौं–अभिनेता, निर्देशक तथा गीतकार विनोद केसीको नयाँ आधुनिक गीत ‘मखमली’ सार्वजनिक भएको छ । विनोद केसीको शब्द रहेको गीतमा लक्की सिटौलाको संगीत तथा लक्कीका साथमा अञ्जु पन्तको स्वर रहेको छ ।काठमाडौको विभिन्न रमणीय स्थानहरुमा छायाकंन गरिएको उक्त गीतको भिडियोमा मोडलहरु सुदर्शन भट्टराई तथा सगुन शाहीले अभिनय गरेका छन । विनोदकै निर्देशन रहेको भिडियोमा करण चौसिरको छायांकन र राजकुमारको सम्पादन छ ।