सुनिल गिरीको स्वरमा ‘हाम्रो सम्बन्ध’ सार्वजनिक

गायक सुनिल गिरीको स्वरमा ‘हाम्रो सम्बन्ध’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुनिलकै संगीत रहेको यो गीतमा हिमांशु रायमाझीको शब्द छ ।  गीतको भिडियोमा करण गुरुङ र हिलारी रावलको अभिनय हेर्न सकिन्छ । यो गीतको भिडियोलाई सुदीप बिष्टले निर्देशन गरेका हुन् । भिडियोमा बिष्टकै छायांकन तथा सम्पादन रहेको छ । भिडियोमा किरण मगरले कोरियोग्राफी गरेका छन् ।