फिल्म ‘ओभरडोज’को ट्रेलर सार्वजनिक

काठमाडौँ- अमेरिकाका विभिन्न स्थानमा छायांकन गरिएको नेपाली फिल्म ‘ओभरडोज’को ट्रेलर सार्वजनिक भएको छ । आगामी मंसीर १७ गते रिलिज हुने फिल्मको ट्रेलरमा प्रेम, रोमान्स र एक्सन समेटिएको छ । दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा सुमन पौडेलको निर्देशन छ । फिल्ममा प्रनिशराज पन्त, सबिनजंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नरलगायत कलाकारको अभिनय छ । फिल्मका निर्माता जीवनकुमार केसी हुन् ।

फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन, गुच्ची भाईको छायांकन, कमल पाण्डेको भिजुअल इफेक्ट र उपेन्द्र पन्जियार तथा जुनियर मोरेनोको लेखन छ । फिल्म जिजि ग्रुप उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछ ।