“रेलै चढी जाऊ”

काठमाडौँ-  गायक धुब्र बिस्कोको नयाँ गीत सार्वजनिक भएको छ । “रेलै चढी जाऊ” बोलको गीतमा शब्द शारिका घिमिरेको रहेको छ भने लय तथा स्वर गायक बिस्कोकै रहेको छ । महिला आवाजमा उनलाई गायिका अनु चौधरीले साथ दिएकी छन् । भिडियोमा बलराम परियार,सायना श्रेष्ठ र जेरी भण्डारीको अभिनय रहेको छ । भिडियो निर्देशन भने सुरेन्द्र मल्ल ठकुरीले गरेका हुन् ।