गायक प्रमोद भन्छन् – ‘एकै चोटी मार न ओए’

गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ । पछिल्लो पटक प्रमोदको स्वरमा ‘एकै चोटी मार न ओए’ बोलको गीत सार्वजनिक भएको हो । शिव पौडेलले लेखेको सार्वजनिक गीत ऋषि खड्काले लेखेका हुन् ।

गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा अभिनेत्री शिल्पा पोख्रेलले पत्रकार कृष्ण पहाडीसँग स्क्रिन शेयर गरेकी छन् । उनीहरुको साथमा पुरुषोत्तम पौडेल र रीता भट्टराईले पनि अभिनय गरेका छन् ।

त्रिकोणात्मक प्रेमकथा बुनिएको म्युजिक भिडियो कपिल लामाले निर्देशन गरेका हुन । अजय रेग्मीको छायांकन रहेको भिडियो सम्पादन शिव पौडेलले गरेका छन् ।