गायक दीपेश श्रेष्ठ गीत ‘पागल’ सार्वजनिक

काठमाडौं- ‘द बड्स ब्यान्ड नेपाल’ र ‘दीपेश एन्ड द ब्यान्ड जापान’का गायक दीपेश श्रेष्ठ  गीत ‘पागल’ को नयाँ म्युजिक भिडियो उनकै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । यस गीतको संगीत सम्योजन ‘द बड्स ब्यान्ड नेपाल’का गीतारवादक सुदीप सिंहले गरेका छन् भने सुदीप प्रधानको निर्देशन, छायांकन र सम्पादन छ । सुदीप लामो समयदेखि जापानमा एनिमेसन सम्बन्धी काममा सक्रिय छन् ।

भिडियो जापानको पर्यटकीय ठाउँ सिजुओकाको समुन्द्री तटसँगै टोकियोको सिबुयामा सुटिङ गरिएको छ । भिडियोमा प्रियंका कार्की, उज्जवल महर्जन, शार्दुल महर्जन फिचर्ड छन् । गीतमा दिपेस् एन्ड द ब्यान्ड जापानका सदस्यहरुको वाद्यवादन छ ।