कार्तिक नाच: दुई दशकदेखि नृसिंह अवतारको भेषमा नाच्दै आएका छन् प्रतापधर शर्मा

राजा सिद्धिनरसिंह मल्लले झन्डै ३८१ वर्षअघि सुरु गरेको मानिने कार्तिक नाचको अन्तिम दिन प्रसिद्ध नृसिंह अवतारको नृत्य देखाइन्छ। देवता, ऋषिमुनि र दैत्यको पौराणिक कथामा नृसिंहको भेषधारण गरेर २०५८ सालदेखि नाच्दै आएका प्रतापधर शर्मा अनुभवी कलाकार हुन्।

ललितपुरस्थित पाटन दरबारअगाडि डबलीमा देखाइने कार्तिक नाच विगतमा २७ दिनसम्म देखाइन्थ्यो। तर आर्थिक अभावका कारण यो प्राचीन परम्परा खुम्चिँदै गएको हुँदा संस्कृतिविद्हरू चिन्तित देखिन्छन्।