केदार र दीपा अभिनित ‘कति बस्छेउ माइतिकै कौसी’मा सार्वजनिक

 

काठमाडौं- वरिष्ठ गायक राम थापाले गाएको सफल गीत ‘कति बस्छेउ माइतिकै कौसी’मा नयाँ भर्सन सार्वजनिक भएको छ । मुरारी प्रसाद लामिछानेको शब्द तथा संगीत रहेको गीतलाई युवा संगीतकार भिम विष्टले नयाँ स्वरुप दिएका हुन् । कति बस्छेउ माइतिकै कौसीमा नयाँ भर्सनमा गायिका अन्जु पन्त र गायक हिमाल श्रेष्ठले स्वर दिएका छन् ।

छक्का पन्जा समुहले निर्माण गरेको भिडियोमा दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ लगायत कलाकारहरुको अभिनय छ । कोरियोग्राफी विक्रम स्वाँरले गरेका छन् । हरि हुँमागाईंको छायाँकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । गीतको भिडियोमा छक्का पन्जा ४ चाँडै आउने जानकारी पनि दिइएको छ ।