रन्जिता र रामजी अभिनित ‘बत्ती मधुरो’ गीत सार्वजनिक

 

काठमाडौं- गायिका शान्तिश्री परियार नयाँ गीत लिएर आएकी छन । पछिल्लो पटक शान्तिश्रीको स्वरमा ‘बत्ती मधुरो’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीत गायनमा शान्तिश्रीलाई विनोद भण्डारीले साथ दिएका छन् । सार्वजनिक गीत भगवान भण्डारीले लेखेका हुन् । गीतकार भण्डारीकै संगीत रहेको गीतमा संगीत संयोजन भने मनोज खड्काले गरेका छन् । गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

गाउँले परिवेशमा लेखिएको गीतको भिडियोमा पनि सोही परिवेशलाई झल्काउने कोशिस गरिएको छ । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा रामजी खाँण र रन्जिता गुरुङले अभिनय गरेका छन् । अजय रेग्मीको छायांकन रहेको भिडियो सम्पादन विष्णु शर्माले गरेका हुन् ।