एलिजा र प्रहिल अभिनित ‘तिम्रो हासो’ सार्वजनिक

 

काठमाडौं-  चर्चित नायिका एलिजा गौतम र प्रहिल कार्कीको सशक्त अभिनय रहेको ‘तिम्रो हासो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका रानी शाक्य र लोकप्रिय गायक सुगम पोखरलेको स्वर रहेको गीतमा कम्पोज कल्यान सिंहले गरेका छन् । त्यस्तै, गीतमा दधि अधिकारीको लिरिक्स रहेको छ भने ऐरेन्ज राहुल प्रधानले गरेका छन् । म्युजिक भिडियोमा निर्देशन प्रहील कार्कीले गरेका छन् ।