‘फुर्के जुँगा’ सार्वजनिक

काठमाडौं- गायक तेजश रेग्मी र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘फुर्के जुँगा’ सार्वजनिक भएको छ । गीतमा सपना बानियाँको शब्द, तेजश रेग्मीको संगीत र योगेश काजीको एरेञ्ज छ । आदित्य बुढाथोकी निर्देशित गीतको भिडियोमा सुधीर श्रेष्ठ, रोशनी कार्की, राज र सोफिया बज्राचार्य फिचर्ड छन् । भिडियोमा माधव श्रेष्ठको कोरियोग्राफी, मुकेश हुमागाईंको छायांकन, पदम सुवेदीको सम्पादन र भीएफएक्स तथा मिलन विश्वकर्माको रंग संयोजन छ ।