प्रताप र इन्दुको ‘सहारा’ सार्वजनिक

 

काठमाडौँ- मोडल तथा गीतकार इन्दु दनुवार र सुरज लामिछानेको नयाँ म्युजिक भिडियो ‘सहारा’ एउटा छुट्टै प्रेम कथा सार्वजनिक गरिएको छ। प्रताप दासको सुमधुर स्वर रहेको गीतमा साचो माया जो सङ पनि हुन सक्छ चाहे उ अन्धो अपाङ्गनै किन नहोस अनि मायामा सहयोग अनि समर्पण एक्दम जरुरी हुन्छ र मायाले नै कसैको जीवनमा नयाँ मोड ल्याउन सक्छ भन्ने कुरालाइ कथाकार अनि निर्देशक सुरज लामिछानेले देखाउन खोजेका छन्।

भिडियोमा निक्स शर्मा र इन्दु दनुवार फिचर्ड छन्। भिडियोमा कलाकार मोडेल रोशन बुढाथोकी, सुरेश देसार र यमुनाको पनि अभिनय रहेको छ। कोरियोग्राफर नारायण रिजाल , सिनेम्याटोग्राफर, ड्रोनमा मोहन कुमार झिल्लु , मेकअपमा सोनि राई , स्टिल क्यामरामा के बि नेपाली अनि कलर एडिटिङमा अनिल कुमार महर्जन रहेका छन्। भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ।