आकाश र गरिमाको सम्झौता

 

काठमाडौं- सरला श्रेष्ठको शब्द रचना, कृति न्यौपानेको संगीत तथा शिव परियारको स्वरमा सम्झौता बोलको गीत सार्वजनिक भएको छ । प्रेममा घातप्रतिघातको अवस्था सिर्जना भएपछि कैयौँ युवायुवतीहरूको सुन्दर जीवन भताभूंग हुन सक्ने भएकोले विश्वासमाथि खेलबाड गर्नु नहुने तितो सत्यलाई भिडियोले कलात्मक कथावस्तुका साथ प्रस्तुत गरेको छ ।

आकाश श्रेष्ठ र गरिमा शर्मा अभिनीत भिडियोमा रामकुमार के।सी। को छायांकन, शर्मिला सुनुवारको सौन्दर्य विन्यास, सन्तोष राजबहाकको कोरियोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ । ओएसआर डिजिटलको अफिसियल युट्यब च्यानलबाट सार्वजनिक भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् ।