गायिका राशि रिजालको ‘परानी’ गीत सार्वजनिक

काठमाडौँ- गायिका राशि रिजालको नयाँ गीत ‘परानी’ सार्वजनिक भएको छ । राशिलाई गायनमा गायक राजेश भण्डारीले साथ दिएका छन् । केशव पौडेलको शब्द र राजेशकै संगीत रहेको गीतमा एम थापाको संगीत संयोजन रहेको छ ।

भिडियोमा कलाकार शिशिर पौडेल र रुविना अधिकारीको अभिनय छ । शम्भु चालिसेको छायाँकन, राजेशकुमारको सम्पादन रहेको भिडियोमा निर्देशन तथा कोरियोग्राफी चित्र मास्की मगरले गरेका हुन् ।