फिल्म ‘हजार जुनीसम्म’ युट्युबमा

 

फिल्म ‘हजार जुनीसम्म’ युट्युबमा रिलिज भएको छ । फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुइँटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, अनुभव रेग्मीको मुख्य भूमिका छ । यसै फिल्मबाट कलाकार अखिलेश प्रधानले डेब्यु गरेका थिए । विशाल चाम्लिङको कथा तथा निर्माणमा तयार भएको फिल्मलाई विकासराज आचार्यले निर्देशन गरेका हुन् । फिल्ममा विकास र सामीप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद छ ।

फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जीसीको सम्पादन छ । फिल्मले दुई पुस्ताको प्रेम कथालाई उठान गरेको छ । चलचित्रमा आर्यन, प्रियंका, स्वस्तिमा र अखिलेशकोे जोडीलाई हेर्न सकिन्छ ।फिल्मको छायांकन नेपाल र भारतको सिक्किममा गरिएको छ ।