बिन्ती र शान्ताको ‘होई मेरो संसार’

 

काठमाडौं- अमेरिकामा बस्दै आएका गायक बिन्तीकुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वर रहेको गीत ‘होई मेरो संसार’ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माकोे शब्द तथा संगीत छ । विधान कार्की निर्देशित भिडियोमा सरोज प्रजा र बिना राउत फिचर्ड छन् । भिडियोमा विधानले गाउँबाट शहर जान खोज्ने केटा र उनलाई रोक्ने केटीको कथा भनेका छन् । भिडियोमा सुभाष कार्की ‘बेलबासे’को पनि अभिनय छ । भिडियोमा नवराज उप्रेतीको छायांकन र विकास दाहालको सम्पादन छ ।