सन्तोष र पुजा अभिनित ‘ए सुन न’ सार्वजनिक

मोडल सन्तोष अधिकारीको अभिनय रहेको म्युजिक भिडियो ‘ए सुन न’ सार्वजनिक भएको छ। गायक सुरज साही ठकुरी र गायिका ममता गुरुङको आवजमा तयार भएको गीतमा अजय कुमार अधिकारीको सब्द संगित रहेको छ। निशान घिमिरेको निर्देशन तथा सम्पादनमा निर्माण भएको भिडियोमा मोडल सन्तोष संगै पुजा पन्त क्षेत्रीको अभिनय रहेको छ। ‘ए एस एपी’ इन्टरटेनमेन्ट युटुव च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोलाई प्रोडक्सन ‘ए एस एपी’कै रहेको छ।

गीतको भिडियोलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ। भिडियोमा मोडल सन्तोष र पुजाले एक अर्कालाई मायालु पारामा ‘ए सुन न’ भन्दै मायाको कुरा गरेको देखिन्छ। गीतको भिडियोमा प्रेमि प्रेमीकालाई पाउन गरेको आग्रहलाई उतारिएको छ।