प्रकु पाण्डे निर्देशित फिल्म ‘ईओजी (एरर्स अफ गड)’ को टिजर सार्वजनिक

 

प्रकु पाण्डेको निर्देशनमा बनेको फिल्म ‘ईओजी (एरर्स अफ गड)’ को टिजर सार्वजनिक गरिएको छ । कलासी प्रोडक्सनको निर्माणमा बनेको यस फिल्मको टिजर ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । फिल्ममा बिकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, सरिता ढुंगानाको साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाल लगायत रंगमंचका पचास भन्दा बढी कलाकारहरुको अभिनय रहेको छ ।

संगीत सापकोटाको लेखन र सगुन पोख्रेलले निर्माण रहेको यस फिल्ममा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानवको रुपमा आएका भगवानहरुको कथालाई मनोरन्जनात्मक ढंगले प्रस्तुत गरिएको छ । टिजर हेर्दा फिल्म मार्फत केहि फरक स्वादको कथा पस्किन खोजिएको अनुमान गर्न सकिन्छ । क्राइसिस ज्याक (कृष्ण) को छायांकन रहेको यस चलचित्रमा रोमी मोसेस तन्डुकारको सम्पादन र शक्ति राईको कला निर्देशन रहेको छ ।