आकाशले पुजालाई भने ‘झुम्कावाली’

काठमाडौं-  नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ अभिनित ‘झुम्कावाली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । निकेशको निर्देशनमा बनेको यो भिडियोमा पूजा र आकाशको धमाकेदार नृत्य हेर्न सकिन्छ । मेलिना राई र मिलन अर्यालको स्वर रहेको गीतमा सुजन रेग्मीको शब्द, मिलन अर्यालको संगीत छ । निवेश अर्याल, कृष अर्याल र निकिता तिमिल्सिनाको लगानी रहेको भिडियोमा वुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन र सुबोल थापाकोे कोरियोग्राफी छ ।