निर्माता अर्जुन कुमारको प्रश्न – नेपाली फिल्म प्राथमिकतामा किन पर्दैन ?

 

काठमाडौं- कोरोना भाइरसको कारण ठप्प फिल्म क्षेत्र अहिले भने चलायमान भएको छ । दशैंपछि फिल्महलमा फिल्म त लागे तर दर्शकको मन भने फिल्ममा लागेन । तिहारको छेको पारेर प्रदर्शनमा आएको विदेशी फिल्म ‘सूर्यवंशी’ भने हलमा फिल्मसंगै दर्शकसमेत लग्यो । विदेशी फिल्मले लगेको दर्शक देखेर रोक्किरहेका फिल्मको रिलिज मिति तोकिन थालेको छ । यहि क्रममा निर्माता अर्जुन कुमार फिल्म ‘चपली हाइट–३’ आउँदो पुस–२ गते रिलिज हुँदै छ । कोरोनाको त्रासपछि रिलिज हुन लागेको ठूलो ब्यानरको यो पहिलो नेपाली फिल्म हो । नेपाली फिल्मसंगै साउथ फिल्म बजारमा आएपछि निर्माता अर्जुन कुमार आक्रोशित देखिएका छन् । उनले साउथ चलचित्र काल हो भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘डेढ दुई लाखमा हिन्दी डब फिल्म ल्याएर नेपाली चलचित्रलाई तर्साउन खोज्छस् ? याद गर, नेपाली मेकरलाई सधैं यसरी नसताऊ । फेरि पछुताउनु पर्ला ।’ भन्दै आकोश सम्म पोखेका थिए । फिल्म प्रदर्शनका कमजोरी र फिल्मको विषयमा केन्द्रित रहेर मेरोफिल्मले अर्जुन कुमारसंग गरेको कुराकानी :

फिल्मको प्रर्दशनको तयारी कस्तो हुदैंछ ,  कतिको रिक्स छ ?

रिक्स त छ । तर रिक्स छ भन्दैमा यसै बसेर पनि छ भएन । म आफैँ चलचित्र विकास बोर्डमा भएकाल फिल्म क्षेत्रका लागि केही न केही योगदान गर्नुपर्छ भन्ने लाग्यो । अब आफनो तर्फबाट सकेको जति काम गरिरहेको छु । सबैजनाको सहयोगको अपेक्षा सहित म अगाडी बढिरहेको छु ।

तपाईँले सामाजिक सञ्जालमा विदेशी फिल्मप्रति आक्रोश देखाउनु भयो नि, नेपाली फिल्म वितरकलाई दलालको संज्ञा दिनुभएको छ, नि खास कुरा के हो ?

मैले नेपाली फिल्म क्षेत्र चलायमान होस् भनेर चपली हाइट–३ प्रदर्शन गर्दैछु । विदेशी फिल्म ल्याउन नहुने चलाउन नै नहुने भन्न खोजेको होईन नि । मैले सामाजिक संजालमा नेपाली फिल्मलाई पनि प्राथमिकता दिनुपर्यो भन्न खोजेको हो । मैले यो फिल्ममा मैले २ करोड हाराहारी लगानी गरेको छु । यो लगानीमा मेरो व्यवसायिक सपना छ । मैले पनि केही आम्दानी होस्, चलचित्र उद्योग अलिकति फस्टाओस् भनेरै यो लगानी गरेको हुँ । सूर्यवंशी हलमा चल्दैमा त्यसपछि आएका अरू फिल्म चलेनन् र नेपाली फिल्म चल्दैचल्दैनन् भन्न मिल्दैन यस्तो भन्नु चाहिँ गलत हो । कतिपयले हिन्दी फिल्म ल्याउने, सोही मितिमा अर्को नेपाली फिल्म जुधाउने, विभिन्न नाटक गरेर तर्साउन खोज्ने जुन काम भएको छ, त्यो हामी समग्र नेपाली फिल्म निर्माताका लागि राम्रो कुरा होइन ।

चपली हाइट- ३ हेर्न दर्शक हलमा पुग्लान् ?

यसमा कुनै शंका नै छैनन नि । नेपाली फिल्मलाई पहिलो प्राथमिकतामा राख्नुचाहिँ पर्यो नहेर्ने कुरै छैन् ।”

फिल्म हेर्नको लागी दर्शक हलमा पुग्नको लागी त राम्रो फिल्म हुनुपर्यो , यसमा के छ जस्को लागी दर्शक हलमा पुग्छन् ?

हाम्रो मुख्य उदेश्य नै दर्शकलाई फिल्म हललमा ल्याउनु हो । फिल्ममा क्राइम , प्रेम, योन र बाध्यताको विषयहरु जेडिएको छ । यो फिल्मले समाजकमो राम्रो सुचना प्रदान गर्ने छ । किनभने एउटा फिल्म सफल हुनेबित्तिकै त्यसले समग्र फिल्म मेकर्सहरूमा खुसी दिन्छ, म फिल्म क्षेत्रको विकासका लागि सहयोग पु¥याउँछ अर्को कुरा यसअघिका प्रोजेक्टको तुलनामा यो थप राम्रो बनेको छ । हामीले दर्शकहरूबाट पूर्ण प्रेम र साथको आशा राखेका छौं ।

सम्रगमा भन्नुपर्दा फिल्म कस्तो बनेको छ ?

चपली हाइट  र २ भन्दा राम्रोे फिल्म बनेको छ । तर । तर मैले मेरो फिल्म धेरै राम्रो बनेको छ भयंकर नै छ भनेर भनौँला भोलि हेर्दा नराम्रो होला । त्यसैले यसको जजमेन्ट गर्ने जिम्मा दर्शकलाई नै दिनुपर्छ । मैले आफनो तर्फबाट दर्शकले भरपुर मनोरन्जन लिनुहुन्छ भन्ने आशा गरेको छु । हुन त दर्शकले जे मन पराउनु हुन्छ त्यही नै हिट हुन्छ ।

फिल्म क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेन भन्ने गुनासो त आइरहेको हुन्छ, विकास बोडको सहयोग र प्राथमिकतामा कतिको परेको छ ?

सरकारसंग फिल्म क्षेत्रलाई प्राथमिकतामा राख भनेर धेरै भनियो पनि सामाजिक संजालमार्फत आवज उठाइयो पनि तर नतिजा के आयो भनेर तपाई हामी माझमा नै छ । यो भन्दा बढी कुरा नगरौं रहयो विकासबोडको म आफु स्वयंम छु । फिल्म क्षेत्रको लागी धेरै काम भइरहेको छ । अहिले फिल्म रिलिज गर्नेलाई सहयोग गरिरहेकै छौँ । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नोमिनेसनमा परेका फिल्मलाई आर्थिक सहयोग गरेका छौँ ।”

ओमिक्रोन भेरियन्टले अहिले धेरै देशलाई असर परिरहेको छ ,यसको प्रभाव फिल्म क्षेलाइ पनि पर्यो भने फिल्मको प्रदर्शन मिति सर्ने सम्भावना छ ?

कोरोना भाइरसले धेरैलाई घाटा बनायो हामी अझै पनि यहि रोगबाट गुज्रिरहेका छौ । अहिले सम्म हामीले यो अबस्था फेरी आउँला भनेर सोचेका छैनौं । अब स्वास्थ नै ठुलो कुरा हो । अफटयारो अबस्थाको सिर्जना भयो भने जे पनि हुन सक्छ । फेरी हामीले फिल्ममात्र लगाएर मात्र पनि भएन नि दर्शक आउने माओल पनि त बनाउन पर्यो नि !”

अन्तमा के भन्नुहुन्छ, ?
नेपाली फिल्मलाई मायाँ गर्दिनुहोला सबैजना फिल्म हेर्न हलसम्म आउनुहोला । फिल्म बनाउने काम हाम्रो भएपनि फिल्मको मुल्याकन गर्ने दर्शक हुनुहुन्छ यहि भन्न चाहान्छु ।