फिल्म ‘कठपुतली’को ट्रेलर रिलिज

काठमाडौँ- हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ को ट्रेलर सार्वजनिक भएको छ । हरर कथामा निर्माण भएको फिल्म‘कठपुतली’कोे ट्रेलर हिजो बुधबार काठमाडौंमा एक कार्यक्रमकोे आयोेजना गर्दै सार्वजनिक गरिएको छ । यो फिल्मले राजाहरुकोे शासन कालमा दरबारभित्र हुने घटनाक्रमलाई देखाएको छ । निर्माणपक्षले केही दिनमै दोेश्रो ट्रेलर पनि सार्वजनिक गर्ने बताएको छ । आगामी पुस १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन् भने पृथ्वी राना मगर निर्माता हुन् । निर्देशक लामा लण्डन र निर्माता मगर हङकङमा भएकाले फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उपस्थिति हुन सकेनन् । फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कार्म, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मलाई अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेका छन्।
फिल्मका कलाकारदेखि लेखिका सम्पदा मल्लसम्मले ट्रेलर रिलिज कार्यक्रममा मास्क लगाएर प्रवेश गरेका थिए । फिल्मकी कार्यकारी निर्माता समेत रहेकी मल्लले फिल्म हरर जनरामा निर्माण भए पनि मौलिक कथामा बनेको बताइन् । उनले भनिन्, ‘हरर जनरामा हाम्रो पहिलो प्रयास हो । फिल्म हरर भए पनि यसले हाम्रै माटोको कथा भन्छ ।’ त्यस्तै, कलाकार मिथिला शर्माले फिल्ममा काम गर्न कथावस्तु र चरित्रले आफूलाई आकर्षित गरेको बताइन् । फिल्मले नारीलाई सशक्त रुपमा प्रस्तुत गरेको उनको भनाई छ । उनी ‘कठपुतली’ लाई महिलाहरुको कथा भन्न पनि रुचाउँछिन् ।

नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक

डोटेली भाषाको फिल्म ‘नन्दी’को दोस्रो गित सार्वजनिक (भिडियो सहित)

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा

‘फिदा’को गीत सार्वजनिक

‘के छ तिम्रो विचार’

नाजिर र शिक्षा अभिनित ‘आज जान देऊ’

आकाश र मलिका अभिनित ‘तिमी बस दिलैमा’ बोलको गीत सार्वजनिक

प्रतिक्रिया